- भानुभक्त आचार्य
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन्
हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भरनाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली...
Reviewed by https://www.jayasinghmahara.com.np/
on
July 15, 2017
Rating:
Reviewed by https://www.jayasinghmahara.com.np/
on
July 15, 2017
Rating:


No comments: