राजनिती सेवा: भद्दा मजाक

#Online_source

नेपाल लगायत कतिपय सो कल्ड लोकतान्त्रीक देशका नेताहरु राजनीतिलाई जनताको सेवा गर्ने 'पवित्र' कार्य हो भन्छन्, तर यीनै देशका कतिपय फरक धारका नेता र समाजका अगुवाहरु राजनीतिलाई सेवा नभइ गरिब देशको सबैभन्दा ठूलो र चरम नाफामा रहेको 'उद्योग' हो भन्छन्। राजनीति सेवा हो भनेर दावी गर्ने नेताहरु र यो सेवा होइन यो देशलाई कंगाल बनाउने र आफु मात्र मोटाउने व्यवसाय हो भन्नेहरु कहिल्यै निष्कर्षमा पुग्लान् जस्तो लाग्दैन। किनकि नेताहरु सो कल्ड जन सेवा गर्न छोड्ने छैनन् र आवाज मात्र भएका अगुवाहरु आफै सेवा मुखी राजनीतिलाई वास्ताविक पेशामुखी बनाउन पहलकदमी लिने छैनन्, अथवा दुबै पक्ष सुधार हैन कि बहसमा रमाउने छाँटका छन्।

अब कुरा आँउछ नेता बन्न खोज्ने नयाँ पिढीँले पनि राजनीति सेवा नै हो भनेर मनलाग्दी गर्दै हिड्ने कि राजनीतिलाई हेर्ने पुरातन वा कालो मोसो लागेको दृष्टि परिर्वतन गरी राजनिती सेवा हो र यसमा इमानदारीताका साथ र्कतव्य पालना गर्नुपर्छ, अनि आवश्यक समय आउदा अवकाश लिनुपर्छ भन्ने । राजनीति 'कभर'मा सेवा तर 'कोर'मा लुटिखाने माध्यम बनाइएकाले देश बिग्रेको हो, गरिब भएको हो। किनकी सेवा भनेको मनलाग्दी र सेवा गर्नेको इच्छाअनुसार गरिने कुरा हो नकि जनचाहाना अनुसार गरिने कार्य। सेवा कहिलेसम्म गर्ने भन्ने सेवाकर्तामा भर पर्छ त्यै भएर हो हामीले असी कट्दै गरेका बुढाहरुलाई नि आँखामा पट्टी बाँधेर युवा नै देख्नुपर्ने र तिनका दसकौं पुराना डेड योजना र सोचका लागि भ¥याङ बनिदिनु पर्ने भएको छ।

राजनीतिमा अपडेट हुने नौलो पुस्ताको आवश्यक छ । नयाँ संविधान बन्दै गर्दा सार्वजनिक पदमा बस्ने व्यक्तीको उमेर हद तोक्ने कुराका साथै राजनीतिलाई बुझ्ने माध्यममा पनि परिर्वतन ल्याउनु जरुरी छ। नयाँ पुस्ताका राजनीतिक व्यक्तीहरुले राजनीतिलाई सेवा गर्ने माध्यम हो भन्ने ढोङ त्यागेर, यो पेशा हो र यसमा र्कतव्य पालना सही ढंगबाट पुरा गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढ्न जरुरी छ।
राजनिती सेवा: भद्दा मजाक राजनिती सेवा: भद्दा मजाक Reviewed by https://www.jayasinghmahara.com.np/ on August 18, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.