आन्दोलनकै भरमा टुक्रा दिने हो भने देश टापु टापु हुनेछ

देशको बिग्रँदो अवस्थाले हामी सबैलाई उत्तिकै दुख्ने गरेको छ। बाहुनलाई थोरै, क्षेत्रीलाई अलि बढी, थारु र नेवारलाई धेरै दुख्छ जस्तो लाग्दैन। नेताहरूसँग हुने कलहले हाम्रो भविष्य समानरुपले पछि परिरहेको छ। तर नेपालका नेताहरू कसैको छाला, कसैको चुच्चो नाक त कसैका नाम पछिको लुर्को यानि थर हेरेर हाम्रा समुदायलाई फुटाइरहेका छन्। तिनीहरू आफ्ना निजी स्वार्थका लागि हाम्रा नाम लिएर कराइरहेका छन्, व्यर्थको लडाइँ लडिरहेका छन् र सायद जितिरहेका पनि होलान तर हामीहरू भने दिनदिनै हारिरहेको महसुस गरिरहेका छौं।

हामी के मा प्रस्ट छौं भने यसरी प्रत्येक जात अनुसार देशलाई टुक्राटुक्रा पार्ने हो र कसैले 'मलाई राज्य दे' भन्दै आन्दोलन गरेकै भरमा केही जिल्लाका टुक्रा दिने हो भने देश टापु टापु जस्तो हुनेछ र नेपाल भन्ने देश थियो भन्ने किंवदन्ती हाम्रै पालामा जारी हुनेछ। हामी नेपाली नेपाली रहनेछैनौं न त हाम्रा राज्य नै रहनेछ। त्यतिबेला हामीलाई थाप्लामा हात राखेर आजका हामी जनता र हाम्रा यीं नेताहरूलाई सराप्नु बाहेक अर्को विकल्प केही हुनेछैन। हामीलाई वर्तमानले देखाइरहेको भविष्यको भुतले समान रुपमा सताइरहेको छ।
Article on Pahilopost.com
see more on : http://www.pahilopost.com/content/-7246.html
 
आन्दोलनकै भरमा टुक्रा दिने हो भने देश टापु टापु हुनेछ आन्दोलनकै भरमा टुक्रा दिने हो भने देश टापु टापु हुनेछ Reviewed by https://www.jayasinghmahara.com.np/ on August 27, 2015 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.