यी हुन् सातवटै प्रदेशका ५५० प्रदेशसभा सांसद, नामावली



काठमाडौं : प्रदेशसभा सदस्यहरूले आइतबार शपथ लिएसँगै सातवटै प्रदेशसभाले पूर्णता पाएका छन्। यो शपथसँगै संघीयता औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
अब प्रदेश संसदले सभामुख र प्रदेश सरकार गठन गर्ने प्रक्रिया थाल्नेछन्। यससँगै प्रदेश सरकारबाट जनताले गरेका अपेक्षा पूरा हुने आशा बढेको छ।
देशका सातवटै प्रदेश संसदमा कोको प्रवेश गरे भनेर यहाँ देखाउन खोजिएको छ।
सातवटा प्रदेशका प्रदेशसभामा प्रत्यक्षतर्फबाट ३३० र समानुपातिक निर्वाचन पद्धतितर्फबाट २२० गरी ५५० जना सांसद निर्वाचित भएका छन्।
प्रदेश नम्बर- १ मा ९३ जना (प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७)प्रदेश नम्बर- २ मा  १०७ (प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३)प्रदेश नम्बर- ३ मा ११० (प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४) सांसद छन्।
त्यसैगरी प्रदेश नम्बर- ४ मा ६० (प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४)प्रदेश नम्बर- ५ मा ८७ जना (प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५)प्रदेश नम्बर- ६ मा ४० जना (प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६) र प्रदेश नम्बर- ७ मा ५३ जना (प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१) जना सांसद प्रदेशसभामा प्रवेश गरेका छन्।
कुन प्रदेशमा कोको बने प्रदेशसभा सदस्यकुन प्रदेशमा कुन पहिलो पार्टी बनेको छ र कहाँ कसको प्रदेश सरकार बन्ने लक्षण देखापरेको छ त?
७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक एमाले र माओवादी केन्द्रको गठबन्धनले सहजै सरकार बनाउन सक्ने गणितीय संभावना रहेको छ। 

प्रदेश नम्बर-
प्रदेश नम्बर १ मा ६ राजनीतिक दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन्। जसमा चार राजनीतिक दलले प्रत्यक्षतर्फ पनि जितेका छन् भने दुई दल समानुपातिक प्रणालीमार्फत प्रदेशसभामा पुगेका हुन्। ९३ सांसद रहने १ नम्बर प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। 
प्रदेश नम्बर १ को प्रदेशसभामा प्रत्यक्षतर्फ तेस्रो पार्टी बनेको नेपाली कांग्रेस समानुपातिकतर्फको सांसद संख्याको सहायताले दोस्रोमा पुगेको छ। कांग्रेसले १ नम्बर प्रदेशको प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ विजय हासिल गरेको थियो। समानुपातिकतर्फ भने कांग्रेसले १३ सिट जितेको छ। 
नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकतर्फ ५ सिट जितेको छ। संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ २ सिट जितेको छ। त्यसबाहेक राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले एक/एक सिट समानुपातिकतर्फबाट सांसद पाएका छन्। 
अहिलेको वाम गठबन्धनले प्रदेश सरकार निर्माणमा मिलेर गयो भने प्रदेश नम्बर १ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ। त्यसो त प्रदेश नम्बर १ मा नेकपा एमाले एक्लै बहुमतमा रहेको छ। तर, एमाले र माओवादी वाम गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका र पार्टी एकता गर्ने प्रक्रियामा रहेकाले यो प्रदेशमा वाम गठबन्धनको दुई तिहाइको सरकार बन्ने यस प्रदेशको संसदीय अंकगणितले देखाएको छ।

नेकपा एमाले, प्रत्यक्षमा विजयी
·         श्रीप्रसाद मैनाली- झापा १ क
·         एकराज कार्की झापा २ क
·         बिखबहादुर प्रधान झापा २ ख
·         वसन्तकुमार बानियाँ झापा ३ क
·         हिराकुमार थापा झापा ४ ख
·         हिक्मतकुमार कार्की- झापा ५ क
·         अर्जुन राई झापा ५ ख
·         सर्वध्वज सावाँ लिम्बु - सुनसरी २ क
·         लिलम बस्नेत- सुनसरी ३ क
·         गणेशकुमार काम्बाङ- पाँचथर क
·         रामबहादुर मगर- इलाम २ क
·         निरन राई- धनकुटा क
·         राजेन्द्रकुमार राई- भोजपुर क
·         प्रदीपकुमार भण्डारी सुनसरी १ क
·         राजन राई खोटाङ क
·         अमिरबाबु गुरुङ ओखलढुंगा क
·         खिनुलङ्वा लिम्बू इलाम १ क
·         विमल कार्की उदयपुर १ क
·         जगदिशप्रसाद कुसियैत सुनसरी ४ क
·         बलबहादुर साम्सोहाङ ताप्लेजुङ क
·         ज्ञानेश्वर राजवंशी मोरङ ५ क
·         लछुमन तिवारी तेह्रथुम क
·         उत्तमकुमार बस्नेत सोलुखुम्बु क
·         राजकुमार ओझा मोरङ ३ ख
·         इन्द्रमणि पराजुली धनकुटा ख
·         शेरधन राई भोजपुर ख
·         भीमप्रसाद आचार्य सुनसरी १ ख
·         लीलाबल्लभ अधिकारी मोरङ २ ख
·         काजीमान कागते इलाम १ ख
·         गोपालचन्द्र बुढाथोकी झापा १ ख
·         तुलसीप्रसाद न्यौपाने संखुवासभा ख
·         उपेन्द्रप्रसाद घिमिरे मोरङ १ ख
·         जीवन घिमिरे मोरङ ४ ख
·         कला घले उदयपुर २ ख
·         बुद्धिकुमार राजभण्डरी सोलुखुम्बु ख
·         तेजमान कन्दङ्वा तेह्रथुम ख

नेकपा एमाले, समानुपातिकमा विजयी
·         वीनादेवी राई
·         सावित्री जोशी
·         उषाकला राई 
·         कृष्णकुमारी राई
·         पदमकुमारी गुरुङ
·         होमकुमारी साँवा
·         आशारत्न जवेगु
·         यसोदा अधिकारी
·         अम्विका थापा
·         सरिता थापा
·         सावित्राकुमारी रेग्मी
·         सुनिताकुमारी चौधरी
·         जसमाया गजमेर (विश्वकर्मा)
·         वसन्तीदेवी यादव
·         गुलेफुन खातुन

नेपाली कांग्रेस, प्रत्यक्षमा विजयी
·         चुमनारायण तबदार मोरङ ६ क
·         सूयर्माराज राई मोरङ ३ क
·         शिवनारायण गनगाईं मोरङ २ क
·         मगमलाल चौधरी सुनसरी ३ ख
·         राजीव कोइराला सुनसरी २ ख
·         हिमाल कार्की उदयपुर१ ख
·         महम्मद ताहिर मिया सुनसरी ४ ख
·         केदार कार्की मोरङ ६ ख

नेपाली कांग्रेस, समानुपातिकमा विजयी   
·         प्रतापप्रकाश हांगाम
·         विद्यानन्द चौधरी 
·         चन्द्रप्रसाद श्रेष्ठ
·         सन्जाकुमारी दनुवार
·         लिला सुब्बा
·         ज्योति सुब्बा
·         शेखरचन्द्र थापा
·         लोकप्रसाद संग्रौला
·         शान्तादेवी पौडेल
·         विन्दिया कार्की 
·         नवोदीता चौधरी 
·         कल्पनाकुमारी सरदार
·         ओमप्रकाश सरावगी

नेकपा माओवादी, प्रत्यक्षमा विजयी
·         कुलप्रसाद साम्बा मोरङ १ क
·         विजयकुमार विश्वास मोरङ ४ क
·         झलकबहादुर मगर झापा ४ क
·         पूर्णप्रसाद राई याम्फु संखुवासभा क
·         पूर्णप्रसाद राजवंशी झापा ३ ख
·         रामकुमार राई खोटाङ ख
·         इन्द्रबहादुर आङ्वो पाँचथर ख
·         मोहनकुमार खड्का ओखलढुंगा ख
·         धिरेन्द्र शर्मा इलाम २ ख
·         टंक आङबुहाङ लिम्बु ताप्लेजुङ ख
·         नारायणबहादुर मगर उदयपुर २ क

माओवादी केन्द्र, समानुपातिकमा विजयी
·         सितादेवी थेबे (जबेगु)
·         कुसुमकुमारी श्रेष्ठ 
·         सौभाग्यवतीदेवी राई किराँत 
·         सरस्वती पोखरेल 
·         उमीता विश्वकर्मा

संघीय समाजवादी फोरम नेपाल
·         जयराम यादवले मोरङ निर्वाचन क्षेत्र ५ ख 
·         रामचन्द्र लिम्बु (समानुपातिक)
·         राधा थापा (समानुपातिक)

राप्रपा
·         इन्दिरा राई समानुपातिक

संघीय लोकतान्त्रिक मञ्च
·         विष्णु तुम्वाहाङफे

प्रदेश नम्बर -

१०७ प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर २ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पहिलो स्थान हासिल गरेको छ। फोरमले यस प्रदेशमा प्रत्यक्षमा २० र समानुपातिकतर्फ ९ सिट गरी २९ सिट जितेको छ। 
दुई नम्बर प्रदेशसभामा राष्ट्रिय जनता पार्टी नेपालले २५ सिटसहित दोस्रो दल बनेको छ। राजपाले १५ क्षेत्रमा प्रत्यक्षबाट र १० सिट समानुपातिकबाट प्राप्त गरेको छ। यस प्रदेशमा नेकपा एमाले तेस्रो भएको छ। उसले प्रत्यक्षतर्फ १४ सिट जितेको छ भने समानुपातिकमा ७ सिट जितेको छ। 
प्रदेश नम्बर २ मा नेपाली कांग्रेस चौथो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा ८ सिट र समानुपातिकमा ११ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट प्राप्त गरेर पाँचौ पार्टी बनेको छ। 
यस प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले प्रत्यक्षतर्फ जित हासिल गरेका छन्। राजपाका बागी उम्मेदवार शेखअबुल कलाम आजादले रौतहट ४ '' स्वतन्त्र हैसियतमा चुनाव जितेका हुन्। त्यस्तै समानुपातिकमा मोहम्मद रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीले एक सिट प्राप्त गरेको छ। 
प्रदेश नम्बर २ मा सरकार गठनका लागि बहुविकल्प देखिएका छन्। यहाँ फोरम र राजपा मिलेर सरकार बनाउन सक्छन्। उनीहरूको सहज बहुमत देखिएको छ। तर, यो प्रदेशमा फोरमसँग वाम गठबन्धन मिल्यो भनेपनि सरकार गठन हुन्छ। यसरी प्रदेश नम्बर २ को संसदीय अंकगणित हेर्दा सरकार गठनका लागि बहुविकल्प देखिएका हुन्।

संघीय समाजवादी फोरम नेपाल, प्रत्यक्ष
·         कौशलकुमार यादव महोत्तरी ४ क
·         जनत अन्सारी पर्सा १ क
·         अब्दुल रहिम अन्सारी पर्सा ३ क
·         सारदा शंकरप्रसाद कलवार बारा २ क
·         शैलेन्द्रकुमार यादव धनुषा २ क
·         ज्ञानेन्द्रकुमार यादव धनुषा ४ क
·         शैलेन्द्रप्रसाद साह सप्तरी २ क
·         विजयकुमार यादव सिरहा २ क
·         लालबाबु राउत पर्सा १ ख
·         अभिषेक यादव सप्तरी ४ ख
·         रामकिशोरप्रसाद यादव रौतहट २ ख
·         योगेन्द्र राय यादव रौतहट १ ख
·         सरोजकुमार सिंह महोत्तरी ४ ख
·         प्रह्लाद गिरी गोश्वामी पर्सा ३ ख
·         रामआशिष यादव धनुषा २ ख
·         अशोककुमार यादव सर्लाही २ ख
·         सिंगासन सा कलवार पर्सा ४ ख
·         पारसप्रसाद साह बारा ३ ख
·         बच्चा राउत अहिर बारा २ ख
·         सञ्जयकुमार यादव सर्लाही ३ ख

समानुपातिकतर्फ फोरम नेपाल, समानुपातिक 
·         सन्चमाया मोक्तान
·         सुनितादेवी मोची
·         चमेलीदेवी दास
·         उषा कुमारी 
·         उपमा कुमारी देव
·         भिमा यादव
·         रागिनीदेवी वरनवाल
·         किरण कुमारी राय
·         करिमा वेगम

राष्ट्रिय जनता पार्टी नेपाल, प्रत्यक्ष 
·         अभिराम शर्मा महोत्तरी ३ क
·         जयनुल राइन महोत्तरी २ क
·         उपेन्द्र महतो सर्लाही १ क
·         बाबुलाल साह कानु रौतहट १ क
·         गौरीनारायण साह तेली सर्लाही २ क
·         रमेशप्रसाद कुर्मी पर्सा २ ख
·         मनिषकुमार सुमन सप्तरी २ ख
·         रानीकुमारी तिवारी महोत्तरी ३ ख
·         सुरिताकुमारी साह महोत्तरी २ ख
·         परमेश्वर साह सुडी धनुषा ३ ख
·         सरोजकुमार यादव बारा १ ख
·         नवलकिशोर साह सुडी सप्तरी १ ख
·         जिनेन्द्रप्रसाद सोनार बारा ४ ख
·         सुरेशकुमार मण्डल सिरहा ४ ख
·         विदेश्वरप्रसाद यादव सप्तरी ३ ख

राजपा, समानुपातिक 
·         रामनरेश राय
·         जानकीशरण साह
·         नेत्रविक्रम साह
·         वबीता कुमारी
·         निलमदेवी भूमिहारनी
·         अन्जु कुमारी
·         डिम्पल कुमारी
·         निराकुमारी साह 
·         अलका कुमारी झा
·         रिना यादव

नेकपा एमाले, प्रत्यक्ष
·         डिल्लीप्रसाद उप्रेती सर्लाही ३ क
·         त्रिलोकी प्रसाद बारा १ क
·         गोविन्दबहादुर न्यौपाने सप्तरी ४ क
·         किशोरी साह कमल धनुषा १ क
·         सुन्दरबहादुर विश्वकर्मा बारा ४ क
·         लगनलाल चौधरी सिरहा १ क
·         सत्यनारायण मण्डल सप्तरी १ क
·         नागेन्द्र राय यादव रौतहट ३ क
·         शारदादेवी थापा महोत्तरी १ क
·         बेची लुङ्गेली सर्लाही १ ख
·         शत्रुघन महतो धनुषा ४ ख
·         मदनसेनप्रसाद श्रीवास्तव सिरहा २ ख
·         प्रमोदकुमार यादव सिरहा ३ ख
·         अशोककुमार यादव सिरहा १ ख

नेकपा एमाले, समानुपातिक
·         सीता गुरुङ 
·         रविन्द्र वैठा धोबी 
·         मनोजकुमार सिंह
·         जगतारेनदेवी सुडीन 
·         अनिता कुमारी 
·         मञ्जुकुमारी यादव
·         हसिमा खातुन

नेपाली कांग्रेस, प्रत्यक्ष
·         शंकरप्रसाद चौधरी पर्सा ४ क
·         रामसरोज यादव धनुषा ३ क
·         वीरेन्द्रप्रसाद सिंह सर्लाही ४ क
·         धनलाल ठोकर रौतहट ४ क
·         नागेन्द्रप्रसाद सिन्हा रौतहट २ क
·         मोहम्मद समिम सप्तरी ३ क
·         राजेश्वरप्रसाद साह पर्सा २ क
·         उपेन्द्रप्रसाद कुशवाहा सर्लाही ४ क

नेपाली कांग्रेस, समानुपातिक
·         असियादेवी थरूनी
·         प्रमिलादेवी दास 
·         श्यामपरी देवी
·         शिवचन्द्र चौधरी 
·         ओमप्रकाश शर्मा 
·         नरेशकुमार यादव 
·         सरस्वति चौधरी
·         गीताकुमारी यादब
·         मञ्जु कुमारी
·         सेखरासिद अली 
·         शोभा लामा 

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष
·         रामकुमार यादव सिरहा ३ क
·         ज्वालाकुमारी साह बारा ३ क
·         दिलिपकुमार साह सिरहा ४ क
·         कुन्दनप्रसाद कुशवाहा रौतहट ३ ख
·         रामचन्द्र मण्डल धनुषा १ ख
·         भरतप्रसाद शाह महोत्तरी १ ख

माओवादी केन्द्र, समानुपातिक
·         जगतप्रसाद यादव 
·         महम्मद समीर
·         रुवीकुमारी कर्ण
·         प्रमिलाकुमारी यादव
·         फुलयादेवी सदाय 

स्वतन्त्र 
·         शेखअबुल कलाम आजाद रौतहट ४ ख 

नेपाल संघीय समाजवादी पार्टी 
·         सावित्रीदेवी शाह

प्रदेश नम्बर - 
११० जना प्रदेशसभा सांसद रहेको प्रदेश नम्बर ३ मा नेकपा एमालेले सबैभन्दा बढी ५८ सिट पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४२ र समानुपातिकतर्फ १६ सिट जितेको छ। 
यस प्रदेशमा दोस्रो ठूलो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ ८ गरी २३ सिट जितेको छ।
वाम गठबन्धन बनाएर निर्वाचनमा गएका एमाले र माओवादीले यो प्रदेशामा पनि सरकार बनाउने निश्चित छ। जबकी प्रदेश नम्बर ३ मा एमाले एक्लैको बहुमत आएको छ।
 तेस्रो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ७ र समानुपातिकमा १४ सिट जितेको छ। 
प्रदेश नम्बर ३ को प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीले एक प्रत्यक्ष र एक समानुपातिक गरी दुई सिट जितेको छ। त्यस्तै नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्षमा एक सिट जितेको छ। विवेकशील साझा पार्टीले समानुपातिक पद्धतितर्फबाट ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रतातन्त्र पार्टी प्रजातान्त्रिकले पनि समानुपातिक पद्धतिबाट १/१ सिट जितेका छन्। 

नेकपा एमाले
·         अजयक्रान्ति शाक्य काठमाडौं ९ क
·         सानुकुमार श्रेष्ठ काठमाडौं २ क
·         वसन्तप्रसाद मानन्धर काठमाडौं ७ क
·         केशव स्थापित काठमाडौं ६ क
·         नारायणबहादुर सिलवाल काठमाडौं ५ क
·         राजेश शाक्य काठमाडौं ८ क
·         लक्ष्मण लम्साल काभ्रे २ क
·         राजेन्द्रप्रसाद पाण्डे धादिङ १ क
·         कृष्णप्रसाद भुर्तेल चितवन ३ क
·         दावा दोर्जे लामा चितवन १ क
·         शान्तिप्रसाद पौडेल रामेछाप क
·         अरूणप्रसाद नेपाल सिन्धुपाल्चोक १ क
·         शशीजंग थापा भक्तपुर २ क
·         विनोदकुमार खड्का सिन्धुली २ क
·         केशवराज पाण्डे नुवाकोट २ क
·         माधवप्रसाद पौडेल ललितपुर २ क
·         हरिशरण लामिछाने भक्तपुर १ क
·         रामकुमार अधिकारी धादिङ २ क
·         रमा आले मगर काठमाडौं १० ख
·         प्रकाश श्रेष्ठ काठमाडौं ७ ख
·         अष्टलक्ष्मी शाक्य बोहरा काठमाडौं ८ ख
·         गणेशप्रसाद दुलाल काठमाडौं १ ख
·         बसुन्धरा हुमागाईं काभ्रे २ ख
·         कृष्णप्रसाद खनाल शर्मा चितवन १ ख
·         कैलासप्रसाद ढुंगेल रामेछाप ख
·         चन्द्रबहादुर लामा काभ्रे १ ख
·         पशुपति चौलागाईं दोलखा ख
·         सुरेश नेपाल सिन्धुपाल्चोक १ ख
·         विजय सुवेदी चितवन २ ख
·         डोरमणि पौडेल मकवानपुर १ ख
·         बद्री मैनाली नुवाकोट १ ख
·         प्रदीपकुमार कटुवाल श्रेत्री केसी सिन्धुली १ ख
·         मणिराम फुयाँल काठमाडौं २ ख
·         राजेन्द्रमान श्रेष्ठ भक्तपुर २ ख
·         दीपक निरौला काठमाडौं ५ ख
·         चेतनाथ सञ्जेल ललितपुर १ ख
·         योगेन्द्रराज संग्रौला काठमाडौं ६ ख
·         कुसुमकुमार कार्की काठमाडौं ४ ख
·         केशवप्रसाद पोखरेल काठमाडौं ९ ख
·         ज्ञानेन्द्र शाक्य ललितपुर २ ख
·         जीवन खड्का ललितपुर ३ ख
·         रामेश्वर फुयाँल काठमाडौं ३ ख

नेकपा एमाले समानुपातिक
·         वेलीमैया घले
·         जुनेली मायाँ श्रेष्ठ
·         सरस्वती बाटी
·         शान्ति थिङ
·         देवकी श्रेष्ठ 
·         इन्द्रमाया गुरुङ
·         सीता लामा
·         आशामाया तमाङ
·         उर्मिला कर्माचार्य
·         रचना खड्का
·         मुनु सिग्देल
·         सरस्वती बस्नेत
·         गोमा भुर्तेल
·         मिना ज्ञवाली (नेपाल)
·         पार्वती सिलवाल
·         मैना आछामी

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष 
·         विशाल खड्का दोलखा क
·         कुमारी मुक्तान मकवानपुर २ क
·         रत्नप्रसाद ढकाल काभ्रे १ क
·         प्रेमबहादुर पुलामी मकवानपुर १ क
·         युवराज दुलाल सिन्धुपाल्चोक २ क
·         घनश्याम दाहाल चितवन २ क
·         राधिका तामाङ नुवाकोट १ क
·         लेखनाथ दाहाल सुन्धुली १ क
·         राजकाजी महर्जन ललितपुर ३ क
·         लालकुमारी पुन ललितपुर १ क
·         रामलाल महतो चितवन ३ ख
·         शालिकराम जम्कट्टेल धादिङ १ ख
·         जगतबहादुर सिंखडा धादिङ २ ख
·         हिरानाथ खतिवडा नुवाकोट २ ख
·         बुद्धिमान माझी सिन्धुली २ ख

माओवादी केन्द्र, समानुपातिक 
·         दिनेश महर्जन
·         आङदेण्डी लामा
·         ओमबहादुर ग्लान 
·         हिमाली गोले
·         प्रतिमा श्रेष्ठ
·         सीता अधिकारी 
·         भावना सुवेदी 
·         कन्चन खनाल
नेपाली कांग्रेस, प्रत्यक्ष
·         नरोत्तम वैद्य काठमाडौं ४ क
·         प्रभात तामाङ रसुवा क
·         छिरिङदोर्जे लामा काठमाडौं ३ क
·         दीपेन्द्र श्रेष्ठ काठमाडौं १ क
·         पुकार महर्जन काठमाडौं १० क
·         इन्द्रबहादुर बानियाँ मकवानपुर २ ख
·         निमा लामा सिन्धुपाल्चोक २ ख

नेपाली कांग्रेस, समानुपातिक
·         मिलनवावु श्रेष्ठ
·         राजेन्द्र गुरुङ
·         न्हुक्षेनारायण श्रेष्ठ
·         सन्तबहादुर प्रजा
·         राधा घले
·         जिवन डंगोल
·         बिजया श्रेष्ठ (केसी)
·         रजनी अमात्य 
·         डा राजाराम कार्की क्षेत्री 
·         वलराम पौडेल 
·         भिमसेन खत्री
·         गीता वाग्ले 
·         विजुलाकुमारी वर्मा
·         कल्पना नेपाली

विवेकशील साझा पार्टी (समानुपातिक)
·         रमेश पौडेल
·         विराजभक्त श्रेष्ठ
·         शोभा शाक्य 
नेपाल मजदुर किसान पार्टी
·         सुरेन्द्रराज गोसाइँ भक्तपुर १ ख
·         सिर्जना सैंजु (समानुपातिक)
नयाँ शक्ति पार्टी नेपाल
·         प्रेमबहादुर तामाङ रसुवा ख 
राष्ट्रिय प्रजातन्त्र पार्टी
·         रिता माझी (समानुपातिक)
राप्रपा प्रजातान्त्रिक
·         रिना गुरुङ (समानुपातिक)

प्रदेश नम्बर -
६० जना प्रदेशसभा सदस्य रहेको यस निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी २७ सिट जितेको छ। 
यो प्रदेशमा स्वतन्त्र रूपमा प्रदेशसभा सांसद निर्वाचित मनाङ ख का राजिव गुरुङ भनिने दीपक मनाङेलाई एमालेले समर्थन गरेको छ। तर, ज्यान उद्योग मुद्दामा मनाङेको सांसद पद स्वतः खारेज भइसकेको छ। उनले उक्त मुद्दामा दुई वर्ष जेलजीवन बिताएपनि बाँकी ३ वर्ष जेल सजाय भुक्तान गर्न बाँकी रहेको छ।
दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ९ गरी १५ सिट पाएको छ। 
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ सिट गरी १२ सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा २ र समानुपातिकमा १ गरी ३ सिट जितेको छ। नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी २ सिट जितेको छ। 
यो प्रदेशमा नेकपा एमाले एक्लै बहुमत नजिक रहेको छ। माओवादी र एमाले मिल्दा यो प्रदेशमा पनि वाम गठबन्धनको नै सरकार बन्ने संसदीय संख्याले देखाएको छ।

नेकपा एमाले, प्रत्यक्ष
·         धनन्जय दवाडी लमजुङ क
·         रामबहादुर गुरुङ तनहुँ १ क
·         इन्द्रलाल सापकोटा बाग्लुङ १ क
·         मोहनप्रसाद रेग्मी स्याङ्जा २ क
·         कृष्णबहादुर थापा कास्की २ क
·         इन्द्रधारा डादु विष्ट मुस्ताङ क
·         मनबहादुर गुरुङ कास्की १ ख
·         महेन्द्रबहादुर थकाली मुस्ताङ ख
·         पृथ्वीसुब्बा गुरुङ लमजुङ ख
·         रोशनबहादुर गाहा थापा नवलपरासी पूर्व १ ख
·         मीनप्रसाद गुरुङ स्याङ्जा १ ख
·         जनकलाल श्रेष्ठ नवलपरासी पूर्व २ ख
·         रामशरण बस्नेत गोरखा १ ख
·         राजिव पहारी कास्की ३ ख
·         किरण गुरुङ तनहुँ २ ख
·         विकास लम्साल पर्वत ख
·         नरदेवी पुन मगर म्याग्दी ख

नेकपा एमाले, समानुपातिक
·         चन्द्रमोहन गौचन
·         मित्र कुमारी गुरुङ्ग सुवेदी
·         साबित्रा राना
·         मिना गुरुङ्ग
·         मायानाथ अधिकारी
·         श्रृजना शर्मा
·         प्रभा कोइराला
·         पुष्पा के.सी. (भण्डारी)
·         लक्ष्मी सुनार
·         जुना देवी नेपाली

नेपाली कांग्रेस, प्रत्यक्ष
·         चिन्तबहादुर घले मनाङ (क)
·         विष्णुप्रसाद लामिछाने नवलपरासी पूर्व २ (क)
·         कृष्णचन्द्र नेपाली पोख्रेल नवलपरासी पूर्व १ (क)
·         भगवतप्रकाश मल्ल स्याङ्जा २ (ख)
·         प्रकाशचन्द्र दवाडी गोरखा २ (ख)
·         विन्दुकुमार थापा कास्की २ (ख)

नेपाली कांग्रेस, समानुपातिक
·         मेखलाल श्रेष्ठ
·         ललितकला गुरुङ
·         सरिता गुरुङ
·         मनकुमारी गुरुङ
·         मणिभद्र शर्मा कँडेल
·         ओमकला गौतम
·         कुमार खड्का
·         दोबाटे विश्वकर्मा
·         कोपिला बोहरा

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष
·         नेत्रनाथ अधिकारी पर्वत (क)
·         दीपक कोइराला कास्की १ (क)
·         चन्द्रबहादुर बुढा बाग्लुङ २ (क)
·         दीपक थापा स्याङजा १ (क)
·         आशा कोइराला तनहुँ २ (क)
·         लेखबहादुर थापा मगर गोरखा १ (क)
·         रामजीप्रसाद बराल कास्की ३ (क)
·         विनोद केसी म्याग्दी (क)
·         हरिबहादुर चुमान तनहुँ १ (ख)
माओवादी केन्द्र, समानुपातिक 
·         गायत्री गुरुङ
·         मधु अधिकारी
·         दिलमाया रोकामगर
राष्ट्रिय जनमोर्चा
·         कृष्ण थापा बाग्लुङ १ ख 
·         टेकबहादुर घर्तीले बाग्लुङ २ ख
·         पियारी थापा (समानुपातिक)
नयाँ शक्ति पार्टी नेपाल
·         हरिशरण आचार्य गोरखा २ क
·         धनमाया पोखरेल लामा (समानुपातिक)

प्रदेश नम्बर -
कुल ८७ सदस्य रहने प्रदेश नम्बर ५ को प्रदेशसभामा नेकपा एमालेले मात्रै ४१ सिट जितेको छ। उसले प्रत्यक्षतर्फ २८ र समानुपातिकतर्फ १३ सिट जितेको छ। दोस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी २० सिट जितेको छ।

नेपाली कांग्रेसले प्रत्यक्षमा ७ र समानुपातिकमा १२ गरी १९ सिट जितेर तेस्रो ठूलो दल बनेको छ। यस प्रदेशमा संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ गरी ४ सिट जितेको छ। यस प्रदेशमा राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १ सिट जितेको छ।
यो प्रदेशमा पनि वाम गठबन्धनको सहज बहुमत देखिएको छ। यहाँ एमाले र माओवादीका अलवा अन्य दलहरू पनि वाम गठबन्धनमा सहभागी भएर निर्वाचनमा गएका थिए। 

नेकपा एमाले, प्रत्यक्ष
·         अर्जुनप्रसाद केसी कपिलवस्तु ३ क
·         कुलप्रसाद पोख्रेल बर्दिया २ क
·         विष्णुप्रसाद पन्थी कपिलवस्तु १ क
·         चेतनारायण आचार्य अर्घाखाँची क
·         हरिप्रसाद रिजाल प्युठान क
·         कविराम थारु बर्दिया १ क
·         भूमिश्वर ढकाल रूपन्देही ५ क
·         लीला गिरी रूपन्देही २ क
·         बैजनाथ चौधरी थारु नवलपरासी पश्चिम २ क
·         शंकर पोख्रेल दाङ २ क
·         दीपेन्द्रकुमार अधिकारी नवलपरासी पश्चिम १ क
·         कृष्णप्रसाद न्यौपाने रूपन्देही १ क
·         हगननारायण पाण्डेय कपिलवस्तु २ क
·         पुरनमान बज्राचार्य पाल्पा २ क
·         युवराज खनाल पाल्पा १ क
·         खड्गबहादुर खत्री गुल्मी २ क
·         रामजीप्रसाद घिमिरे अर्घाखाँची ख
·         उत्तरकुमार वली दाङ ३ ख
·         अमरबहादुर डांगी क्षेत्री दाङ २ ख
·         भोजप्रसाद श्रेष्ठ रूपन्देही २ ख
·         कमलराज श्रेष्ठ गुल्मी १ ख
·         आरती पौडेल बाके १ ख
·         रेवतीरमण शर्मा दाङ १ ख
·         अजय शाही नवलपरासी पश्चिम १ ख
·         तुलसीप्रसाद चौधरी रूपन्देही ३ ख
·         नारायणप्रसाद आचार्य पाल्पा १ ख
·         बाबुराम गौतम बाँके ३ ख
·         धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु २ ख

नेकपा एमाले, समानुपातिक 
·         रमा घर्ति 
·         थानकुमारी थापा 
·         विमला शर्मा पन्थी
·         सरस्वती गौतम
·         जाल्पा भुसाल
·         भगवतीदेवी भण्डारी
·         कृष्णी थारु
·         धमकली चौधरी
·         कमलादेवी वि.क.
·         ढाँटीसुनार भन्ने आशा स्वर्णकार
·         सुनिता कुमारी ठठेर
·         चिन्ताबती कुर्मि (वर्मा)
·         फौजिया नसीम 

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष
·         तेजबहादुर वली रुकुम पूर्व क
·         कुलप्रसाद केसी रोल्पा क
·         सुदर्शन बराल गुल्मी १ क
·         इन्द्रजित थारु दाङ १ क
·         इन्द्रप्रसाद खरेल बाँके ३ क
·         कृष्णा केसी बाँके १ क
·         पूर्णबहादुर घर्ति मगर रुकुम पूर्व ख
·         कृष्णध्वज खड्का प्यूठान ख
·         दीपेन्द्रकुमार पुन मगर रोल्पा ख
·         दिपेश थारु बर्दिया २ ख
·         तिलकराम शर्मा बर्दिया १ ख
·         दिनेश पन्थी गुल्मी २ ख
·         तुलाराम घर्तीमगर पाल्पा २ ख
·         दधिराम न्यौपाने रूपन्देही १ ख

नेकपा माओवादी, समानुपातिक 
·         गीता थापा
·         दामाकुमारी शर्मा
·         पार्वती पुन (गहतराज)
·         लौटी थारु
·         दीपा बिक
·         सुष्मा यादव

नेपाली कांग्रेस, प्रत्यक्ष
·         अष्टभुजा पाठक रूपन्देही ४ क
·         डिल्लीबहादुर चौधरी दाङ ३ क
·         सुरेन्द्रबहादुर हमाल बाँके २ ख
·         वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु ३ ख
·         फकरुद्दिन खान रूपन्देही ५ ख
·         वैजनाथ कलवार नवलपरासी २ ख
·         बसिउद्दिन खाँ रूपन्देही ४ ख

कांग्रेस, समानुपातिक 
·         विरबहादुर राना
·         अर्जुन कुमार श्रेष्ठ
·         वलदेव शर्मा पोख्रेल
·         निर्मला क्षेत्री
·         रमा अर्याल
·         भुवनेश्वर चौधरी
·         पुष्पा थरूनी 
·         माला गोतामे (सुनार)
·         रीना नेपाल 
·         रून्धावती शर्मा
·         शान्तीदेवी स्वर्णकार 
·         मोहम्मद याकुब अन्सारी

संघीय समाजवादी फोरम नेपाल 
·         विजयबहादुर यादव बाँके २ क
·         सन्तोषकुमार पाण्डेय रूपन्देही ३ क
·         सहसराम यादव कपिलवस्तु १ ख
·         पुर्मती ढेंगा (समानुपातिक)
·         सुमन सर्मा रायमाझी (समानुपातिक)

राष्ट्रिय जनमोर्चा
·         तारा जि.सी.
राष्ट्रिय जनता पार्टी नेपाल, समानुपातिक
·         विना पन्त 

प्रदेश नम्बर - 
कुल ४० जना प्रदेशसभा सांसद रहने यस प्रदेशसभामा चारवटा दलको मात्र प्रतिनिधित्व रहेको छ।
नेकपा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ६ गरी २० सिट जितेको छ। दोस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सिट जितेको छ।
यो प्रदेशमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकार निर्माणका लागि सहज बहुमत ल्याएका छन्।
यस प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षमा १ र समानुपातिकमा ६ गरी ७ सिट जितेको छ। राप्रपाले पनि समानुपातिकतर्फ एक सिट जितेको छ। 

नेकपा एमाले, प्रत्यक्ष
·         दलबहादुर रावल हुम्ला क
·         दानसिंह परियार मुगु क
·         नन्दसिंह बुढा डोल्पा क
·         यमलाल कँडेल सुर्खेत २ क
·         गुलावजंग शाह सल्यान क
·         कुर्मराज शाही कालिकोट क
·         सुशीलकुमार थापा दैलेख २ क
·         चन्द्रबहादुर शाही मुगु ख
·         खड्कबहादुर खत्री सुर्खेत १ ख
·         प्रकाश ज्वाला सल्यान ख
·         करवीर शाही जाजरकोट ख
·         अम्मरबहादुर थापा दैलेख १ ख
·         राजबहादुर शाही दैलेख २ ख
·         पदमबहादुर रोकाया जुम्ला ख

नेकपा एमाले, समानुपातिक 
·         मीना सिंह रखाल
·         कौशिलावती खत्री
·         बदमी बोहोरा
·         पद्मा खड्का
·         देवी ओली
·         राजु नेपाली

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष
·         गणेशप्रसाद सिंह जाजरकोट क
·         रातो कामी रुकुम पश्चिम क
·         ठम्मबरबहादुर विष्ट सुर्खेत १ क
·         नरेश भण्डारी जुम्ला क
·         धर्मराज रेग्मी दैलेख १ क
·         वीरबहादुर शाही डोल्पा ख
·         गोपाल शर्मा रुकुम पश्चिम ख
·         विन्दमान विष्ट सुर्खेत २ ख
·         महेन्द्रबहादुर शाही कालिकोट ख

माओवादी केन्द्र, समानुपातिक 
·         पुष्पा घर्ती विष्ट
·         सीताकुमारी नेपाली
·         विमला केसी
·         कृष्ण शाह आचार्य

नेपाली कांग्रेस
·         जीवनबहादुर शाही हुम्ला ख
·         यज्ञबहादुर बिसी (समानुपातिक)
·         हिमबहादुर शाही(समानुपातिक)
·         अमृता शाही (समानुपातिक)
·         दिनबन्धु श्रेष्ठ (समानुपातिक)
·         झोवा विक (समानुपातिक)
राप्रपा
·         सोशीला शाही (समानुपातिक) 

प्रदेश नम्बर - 
५३ जना प्रदेशसभा सदस्य रहने यस प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरी २५ सिट जितेको छ। समानुपातिकतर्फबाट आठै जना महिला सिफारिसमा परेका छन्। नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १० र समानुपातिकमा ४ गरी १४ सिट प्राप्त गरेको छ। 
प्रदेश नम्बर ७ को संसदको यो अंकगणित हेर्दा प्रदेश सरकार गठनकाका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बहुमतमा छ।
प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसले प्रत्यक्षमा ४ सिट र समानुपातिकमा ८ सिट जितेको छ। यस प्रदेशमा राष्ट्रिय जनता पार्टी नेपालले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी दुई सिट जितेको छ। 

नेकपा एमाले, प्रत्यक्ष
·         बलदेव रेग्मी बाजुरा क
·         प्रकाशबहादुर शाह बाजुरा ख
·         तारा लामा तामाङ कञ्चनपुर १ क
·         कुलवीर चौधरी कञ्चनपुर १ ख
·         अर्जुनबहादुर थापा बझाङ बझाङ क
·         नेपालु चौधरी केलाली ५ क
·         दीर्घबहादुर सोडारी कैलाली ४ क
·         गेल्बुसिंह बोहरा दार्चुला क
·         रतनबहादुर थापा कैलाली २ क
·         पठानसिंह बोहरा डडेल्धुरा क
·         प्रकाश रावल कञ्चनपुर ३ क
·         हर्कबहादु कुँवर अछाम १ क
·         लीलाधर भट्ट बैतडी ख
·         प्रकाशबहादुर शाह बाजुरा ख
·         लालबहादुर खड्का कञ्चनपुर २ ख
·         कृष्णराज सुवेदी कैलाली ४ ख
·         अमरबहादुर साउँद कैलाली ३ ख
·         बलबहादुर सोडारी अछाम २ ख

नेकपा एमाले, समानुपातिक
·         माया भट्ट
·         मनाकुमारी साउद
·         पूर्णा जोशी
·         मायातामाङ (वोहोरा)
·         शुशिला बुढाथोकी
·         चुनकुमारी देवी चौधरी
·         अर्चना गहतराज
·         दुर्गाकुमारी कामी

नेकपा माओवादी केन्द्र, प्रत्यक्ष
·         प्रेमप्रकाश भट्ट बैतडी क
·         महेशदत्त जोशी कञ्चनपुर २ क
·         वीरमान चौधरी कैलाली ३ क
·         अक्कलबहादुर रावल अछाम २ क
·         देवकी मल्ल थापा बझाङ ख
·         त्रिलोचन भट्ट डोटी ख
·         झपटबहादुर बोहरा अछाम १ ख
·         मानबहादुर सुनार कञ्चनपुर ३ ख
·         मानबहादुर धामी दार्चुला ख
·         नन्दबहादुर साउद कैलाली २ ख

नेकपा माओवादी, समानुपातिक 
·         निर्मला बडाल (जोशी)
·         कुन्ती जोशी
·         विनिता चौधरी
·         शान्ति नेपाली

नेपाली कांग्रेस, प्रत्यक्ष
·         भरतबहादुर खड्का डोटी क
·         रणबहादुर रावल कैलाली १ ख
·         कर्णबहादुर मल्ल डडेल्धुरा ख
·         डिल्लीराज पन्त कैलाली ५ ख

नेपाली कांग्रेस समानुपातिक
·         गोविन्दराज बोहरा 
·         देवराज पाठक 
·         दिव्यश्वरी शाह
·         अम्बी कुमारी थापा
·         कुमारीनन्दा बम
·         श्यामलाल राना थारु 
·         टेकवहादुर रैका आउजी 
·         उमाकुमारी वादी

राष्ट्रिय जनता पार्टी नेपाल
·         कृष्णबहादुर चौधरी कैलाली १ (क)
·         मालमति राना थारु  (समानुपातिक)
यी हुन् सातवटै प्रदेशका ५५० प्रदेशसभा सांसद, नामावली यी हुन् सातवटै प्रदेशका ५५० प्रदेशसभा सांसद, नामावली Reviewed by https://www.jayasinghmahara.com.np/ on January 22, 2018 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.