-जयसिंह महरा
त्रि.वि.परिक्षा नियन्त्रण कार्यालय बल्खुमा ट्रन्सक्रिप्टको लागि विभिन्न नामका भौचर भर्दा भर्दा भेजा खराब भयो । फ्रेस हुन भनि बल्खुबाट बागमती किनारै किनार त्रिपुरेश्वर निस्कन भनि हिड्यौं, साथी विष्णु कार्की र म । गन्तब्य थियो शिल्पी थिएटर, बत्तिसपुतली । नेपाली राजनीति अनि मधेसी मोर्चा र भारतको संयुक्त नाकाबन्दीका विभिन्न पक्षका बारेको बहस हाम्रो बाटो काट्ने मेलो बन्यो साथमा साहित्यिक गफ पनि ।
शिल्पी नाटकघरको दर्शकदिर्घामा बसेर झलेन्द्रप्रसाद यानि घिमिरे युवराजको इन्ट्रीको व्यग्र पतिक्षा गर्दै थिए । दिमागमा केही अघि मात्र देखेका घिमिरे युवराज दाजु घुम्दै थिए, झ्याम्म कपाल पालेका, हँसिला र हिष्टपुष्ट । घिमिरे युवराज दाजु कस्तो झलेन्द्र भएर लीला देखाउने हुन् लागिरहेको थियो । त्यति नै बेला नाटककी नोकर्नी पात्र डिम्पल मण्डल यानी सरिता साहको डायलगले दिमागमा ठोक्यो । डिम्पल भन्दै थिइन् ... संविधान सभा घोषणा हुनु पुर्व देश सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्दै संविधानसभा अघि ठूल्ठूलो स्वरमा नाराबाजी गर्ने त्यै झलेन्दप्रसाद हैन ! यस्तै यस्तै डायलग चलिरह्यो । मेरो दिमागबाट झलेन्द्रप्रसादको रुपमा युवराज दाईलाई हेर्ने चाहना हरायो र संविधान घोषणा हुनुपूर्व रियल नाटक मञ्चन गरेका कमलनयनाचार्य र कालीबाबाहरु अनि तिनैको कनेक्सनमा रहेका खुमबहादुर खड्काहरु नाचे ।
नाटक अघि बढ्दै गयो । मञ्चमा युवराज दाई आउनुभयो र देखाउन थाल्नुभो झलेन्द्रप्रसादको लीला । तर नाटकभरी मेरो दिमाग भने दोधारे यानि म समाज भोग्दै छुं कि नाटक हेर्दैछुं भैरह्यो । मेरो दिमागमा धर्मका नाममा काला कर्तुत गर्ने नेपाली र भारतीय हिन्दु धार्मीक ढोङ्गीहरु आइरहे । डिम्पलको डायलगले नेपालमा संविधान घोषणा हुदैं गरेको सेरोफेरोमा लगेर थन्क्यायो मेरो दिमागलाई ।
नाटकः तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला
नाटककारः मोलियर उर्फ जोन ब्यापिटस्ट पोकलिन
नेपाली रुपान्तरणः मेघराज अधिकारी
निर्देशकः गंगाप्रसाद तिवारी
मंसिर २० गतेसम्म
दिउँसो ४ः३० बजे (अतिरिक्त शो)
कलाकारहरुः घिमिरे युवराज, जीवन बराल, बादल भट्ट, सरिता साह,
प्रभाष घिमिरे, कविता आले, ओजश्वी भट्टराई, सविन कट्टेल,
सन्ध्या भट्टराई, सोनाम लामा,
संविधान घोषणा गर्ने दिन नजिकिदो थियो, गत भदौ अन्तिम । काठमाडौंका सडकमा गेरु वस्त्रधारी कमलनयनाचार्य कोकोहोलो मच्चाउदै गरेका दृश्यहरु टिभी र पत्रपत्रिकामा छ्यापछ्याप्ती आएका थिए । तिनको माग थियो नेपाललाई सनातन हिन्दु धर्मे देश घोषणा गर्नुपर्छ । साथमा थिए भ्रष्टाचारको कैद भुक्तान गरी राजनीतिमा स्पेस खोजिरहेका खुमबहादुर खड्का । अनि कालीबाबाका लीला भनिसाध्य थिएन । त्यसै बेला कमलनयनाचार्यले काठमाडौं र चितवनमा सार्वजनिक जग्गा हडपेको कुरा बाहिर आएको थियो । हिन्दु धर्मको नारा ओकल्ने ढोङ्गी कमलनयनाचार्य हुबहु डिम्पलले बखान गरेको झलेन्द्रको व्यक्तित्व सँग मेल खान्थ्यो ।
झलेन्द्रप्रसाद जसरी आफ्ना भक्त, धनीमानि खगेन्द्र यानी जीवन बराललाई मुठ्ठीमा पार्दै थिए त्यसै मेरो दिमागमा भने भारतीय बाबाहरु नाच्दै थिए । म नाटक हेर्दै थिए तर मेरो दिमागमा भने नाटकसँग मेल खाने भारतीय हिन्दु धर्मावलम्वी ढोङ्गीहरु नाच्न थाले ।
भारत आधुनिकता र वैज्ञानिक खोजको बाटोमा लम्किरहेको देश हो । त्यहाँ एपीजे अब्दुलकलाम जस्ता वैज्ञानिक राष्ट्रपति भएका छने भने, त्यहिँ भारतमा धार्मिक ढोङ्गीहरुको कर्तुत पनि कम छैन । आशाराम बापु र उनका छोरा नारायण साँई बलत्कार र जमिन हडपेको आरोपमा जेलमा छन् । जो मान्छेहरु केही महिना अघि मात्र भगवानका रुपमा पुजिन्थे तिनै पछि भक्तकै बलत्कार गर्ने यौन पिपासु राक्षस भएर निस्केका थिए । त्यतै स्वामी नित्यानन्दका फिल्मी हिरोइनसँगका रासलीला र भारतीय मूलकी अमेरिकी नागरिक अर्थी रावलाई वर्षैदेखी बन्धक बनाएर बलत्कार गरेको विषय पनि कम्ता चचाको विषय थिएन ।
त्यस्तै पछिल्लो समय खुबै चर्चामा रहेका बाबा रामदेवको सरकारी भ्याट छलेको, लाइसेन्स नलिइ हतियार राखेको, जमिन हडपेका कुरा धेरै पुराना हैनन् । प्रम नरेन्द्र मोदीको छत्रछायामा रामदेवको व्यापार–व्यवसायमा प्रवेश पनि कम्ती चर्चाको विषय छैन । अब बाबा रामदेवले वजारमा ल्याउन बाँकी रक्सी मात्र हो ।
त्यस्तै भारतका तमाम हिन्दु धर्म मान्ने बाबा यानी धार्मीक ढोङ्गीहरुका चर्तीकलाका महाभारत भन्दा ठूला कूकिर्ती बन्ने कहानी छन् ।
धार्मिक ढोङ्गीहरु हिन्दुमा मात्र हैन क्रिस्चियन र मुस्लिम धर्ममा पनि उत्तिकै छन् । पोप फ्रन्सिस जब रोमन क्याथोलिक चर्चका प्रमुख बन्दै थिए त्यतिबेला चर्चमा पादरीहरुद्वारा हुने बालबालिकाको बलत्कार रोक्नु उनको प्रमुख चुनौती मानिएको थियो । यसमा तीनबर्षे बालिका देखीका महिलाहरुको बलत्कार र चर्चमा बस्ने केटाहरुमाथि पादरीहरुद्वारा हुने समलैंगिक यौन हिंसाका घटनाहरु सामेल थिए ।
फ्रान्सेली नाटक 'तार्तुफ' को नेपाली रुपान्तरण हो 'तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला' । यो नाटक लेखिएको बेला अर्थात् सन् १६२२ भन्दा पहिल्यै चर्चहरुमा यौन दास राखिने गरेको कुरा इतिहास र साहित्यमा पढेको थिए । त्यै कुरालाई फ्रन्सेली नाटककार जोन ब्यापिटस्ट पोकलिनले मञ्चमा उतारेका हुन् ।
जब मुस्लिम धर्मका ढोङ्गीहरुबारे गुगल गर्न थाले तब छक्क परे, किनकी मैले देखेको तथ्य थियो एक मस्दिदका मौलानाले एउटी किशोरीलाई तेह्र वर्ष बन्धक बनाएर लगातार बलात्कार गरेको घटना । यस्तै धर्मको खोल ओढेर पैसा कमाउने मेलो गर्नेहरु त गुगलले पनि गन्न भ्याउदैन होला ।
समाजका कुराहरु दाज्दै नाटक हेरेको मैले नाटक सकिएको पत्तै पाएन । नाटकमा प्रयोग गरिएको कमेडी, लभ र रोमान्सले थप क्याच गरिरह्यो । जब नाटक सकेर बाहिर निस्कियौं दिमागमा भने यो समाज र संसारमा रहेका धार्मीक ढोङ्गीहरु नाचिरहे । त्रि.वि. अंग्रेजी केन्दीय विभागमा पढ्दैगरेका सहपाठी साथी विष्णु कार्कीको नाटकबारे एक लाइन यस्तो थियो, "हामी अहिले बाँचिरहको समाज पश्चिमा संसार भन्दा चार सय वर्ष पछाडि छ ।" यो कमेन्टले झनै ठोकिरह्यो दिमागमा ।
फोटोः घिमिरे युवराजको फेसबुक पेजबाट
Article first published in: http://www.himalayamail.com/sahitya/197
नाटकः तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला
नाटककारः मोलियर उर्फ जोन ब्यापिटस्ट पोकलिन
नेपाली रुपान्तरणः मेघराज अधिकारी
निर्देशकः गंगाप्रसाद तिवारी
मंसिर २० गतेसम्म
दिउँसो ४ः३० बजे (अतिरिक्त शो)
कलाकारहरुः घिमिरे युवराज, जीवन बराल, बादल भट्ट, सरिता साह, प्रभाष घिमिरे, कविता आले, ओजश्वी भट्टराई, सविन कट्टेल, सन्ध्या भट्टराई, सोनाम लामा,
नाटककारः मोलियर उर्फ जोन ब्यापिटस्ट पोकलिन
नेपाली रुपान्तरणः मेघराज अधिकारी
निर्देशकः गंगाप्रसाद तिवारी
मंसिर २० गतेसम्म
दिउँसो ४ः३० बजे (अतिरिक्त शो)
कलाकारहरुः घिमिरे युवराज, जीवन बराल, बादल भट्ट, सरिता साह, प्रभाष घिमिरे, कविता आले, ओजश्वी भट्टराई, सविन कट्टेल, सन्ध्या भट्टराई, सोनाम लामा,
संविधान घोषणा गर्ने दिन नजिकिदो थियो, गत भदौ अन्तिम । काठमाडौंका सडकमा गेरु वस्त्रधारी कमलनयनाचार्य कोकोहोलो मच्चाउदै गरेका दृश्यहरु टिभी र पत्रपत्रिकामा छ्यापछ्याप्ती आएका थिए । तिनको माग थियो नेपाललाई सनातन हिन्दु धर्मे देश घोषणा गर्नुपर्छ । साथमा थिए भ्रष्टाचारको कैद भुक्तान गरी राजनीतिमा स्पेस खोजिरहेका खुमबहादुर खड्का । अनि कालीबाबाका लीला भनिसाध्य थिएन । त्यसै बेला कमलनयनाचार्यले काठमाडौं र चितवनमा सार्वजनिक जग्गा हडपेको कुरा बाहिर आएको थियो । हिन्दु धर्मको नारा ओकल्ने ढोङ्गी कमलनयनाचार्य हुबहु डिम्पलले बखान गरेको झलेन्द्रको व्यक्तित्व सँग मेल खान्थ्यो ।
झलेन्द्रप्रसाद जसरी आफ्ना भक्त, धनीमानि खगेन्द्र यानी जीवन बराललाई मुठ्ठीमा पार्दै थिए त्यसै मेरो दिमागमा भने भारतीय बाबाहरु नाच्दै थिए । म नाटक हेर्दै थिए तर मेरो दिमागमा भने नाटकसँग मेल खाने भारतीय हिन्दु धर्मावलम्वी ढोङ्गीहरु नाच्न थाले ।
भारत आधुनिकता र वैज्ञानिक खोजको बाटोमा लम्किरहेको देश हो । त्यहाँ एपीजे अब्दुलकलाम जस्ता वैज्ञानिक राष्ट्रपति भएका छने भने, त्यहिँ भारतमा धार्मिक ढोङ्गीहरुको कर्तुत पनि कम छैन । आशाराम बापु र उनका छोरा नारायण साँई बलत्कार र जमिन हडपेको आरोपमा जेलमा छन् । जो मान्छेहरु केही महिना अघि मात्र भगवानका रुपमा पुजिन्थे तिनै पछि भक्तकै बलत्कार गर्ने यौन पिपासु राक्षस भएर निस्केका थिए । त्यतै स्वामी नित्यानन्दका फिल्मी हिरोइनसँगका रासलीला र भारतीय मूलकी अमेरिकी नागरिक अर्थी रावलाई वर्षैदेखी बन्धक बनाएर बलत्कार गरेको विषय पनि कम्ता चचाको विषय थिएन ।
त्यस्तै पछिल्लो समय खुबै चर्चामा रहेका बाबा रामदेवको सरकारी भ्याट छलेको, लाइसेन्स नलिइ हतियार राखेको, जमिन हडपेका कुरा धेरै पुराना हैनन् । प्रम नरेन्द्र मोदीको छत्रछायामा रामदेवको व्यापार–व्यवसायमा प्रवेश पनि कम्ती चर्चाको विषय छैन । अब बाबा रामदेवले वजारमा ल्याउन बाँकी रक्सी मात्र हो ।
त्यस्तै भारतका तमाम हिन्दु धर्म मान्ने बाबा यानी धार्मीक ढोङ्गीहरुका चर्तीकलाका महाभारत भन्दा ठूला कूकिर्ती बन्ने कहानी छन् ।
धार्मिक ढोङ्गीहरु हिन्दुमा मात्र हैन क्रिस्चियन र मुस्लिम धर्ममा पनि उत्तिकै छन् । पोप फ्रन्सिस जब रोमन क्याथोलिक चर्चका प्रमुख बन्दै थिए त्यतिबेला चर्चमा पादरीहरुद्वारा हुने बालबालिकाको बलत्कार रोक्नु उनको प्रमुख चुनौती मानिएको थियो । यसमा तीनबर्षे बालिका देखीका महिलाहरुको बलत्कार र चर्चमा बस्ने केटाहरुमाथि पादरीहरुद्वारा हुने समलैंगिक यौन हिंसाका घटनाहरु सामेल थिए ।
फ्रन्सेली नाटक तार्तुफ को नेपाली रुपान्तरण हो तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला । यो नाटक लेखिएको बेला अर्थात् सन् १६२२ भन्दा पहिल्यै चर्चहरुमा यौन दास राखिने गरेको कुरा इतिहास र साहित्यमा पढेको थिए । त्यै कुरालाई फ्रन्सेली नाटककार जोन ब्यापिटस्ट पोकलिनले मञ्चमा उतारेका हुन् ।
जब मुस्लिम धर्मका ढोङ्गीहरुबारे गुगल गर्न थाले तब छक्क परे, किनकी मैले देखेको तथ्य थियो एक मस्दिदका मौलानाले एउटी किशोरीलाई तेह्र वर्ष बन्धक बनाएर लगातार बलात्कार गरेको घटना । यस्तै धर्मको खोल ओढेर पैसा कमाउने मेलो गर्नेहरु त गुगलले पनि गन्न भ्याउदैन होला ।
समाजका कुराहरु दाज्दै नाटक हेरेको मैले नाटक सकिएको पत्तै पाएन । नाटकमा प्रयोग गरिएको कमेडी, लभ र रोमान्सले थप क्याच गरिरह्यो । जब नाटक सकेर बाहिर निस्कियौं दिमागमा भने यो समाज र संसारमा रहेका धार्मीक ढोङ्गीहरु नाचिरहे । त्रि.वि. अंग्रेजी केन्दीय विभागमा पढ्दैगरेका सहपाठी साथी विष्णु कार्कीको नाटकबारे एक लाइन यस्तो थियो, "हामी अहिले बाँचिरहको समाज पश्चिमा संसार भन्दा चार सय वर्ष पछाडि छ ।" यो कमेन्टले झनै ठोकिरह्यो दिमागमा ।
- See more at: http://www.himalayamail.com/sahitya/197#sthash.RVKUHP0K.dpuf
अफस्टेज झलेन्द्रहरुको झल्को
Reviewed by https://www.jayasinghmahara.com.np/
on
December 05, 2015
Rating:
No comments: